एपीएफले दियो कोशीलाई ११५ रनको लक्ष्य, अप्सरीले लिइन् ह्याट्रिक विकेट

नेपालभ्युज

एपीएफले दियो कोशीलाई ११५ रनको लक्ष्य, अप्सरीले लिइन् ह्याट्रिक विकेट

काठमाडौैं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले कोशी प्रदेशलाई ११५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनल खेलमा एपीएफले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ११४ रन बनाएको हो।

एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन्। उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाइन्। ज्योति पान्डेले २७ र रोमा थापाले १४ रन जोडे।

कोशीका लागि भने अप्सरी बेगमले ह्याट्रिक पूरा गरिन्। उनले १९ औँ ओभरमा लगातार ३ विकेट लिइन्। उनले इन्दु, नेरी थापा र सोनु खड्कालाई आउट गरिन्।

अलिशा खडियाले २ तथा रुबिना क्षेत्री र निशा शाहले १–१ विकेट लिए। सबनम राई र संगीता राई डगआउट भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved