प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट : उपाधिका लागि एपीएफ र कोशी भिड्दै

नेपालभ्युज

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट : उपाधिका लागि एपीएफ र कोशी भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेश भिड्दै छन् ।

त्रिवि मैदान कीर्तिपुरमा विहान ११ बजे सुरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने दाउमा मैदान उत्रदै छन्

एपीएफ अपराजित रहँदै फाइनल पुगेको हो । एपीएफले यसअघि पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराएको थियो ।

एपीएफसँग पहिलो क्वालिफायरमा हारेको कोशीले दोस्रो क्वालिफायरमा साबिक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।

कोशी आज यसअघि एपीएफसँगको हारेको बदला लिने प्रयासमा रहने छ ।

मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा पुस ५ देखि सुरु भएको प्रतियोगितामा विभागीय टोली एपीएफ र सात प्रदेशगरी आठ टोली सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved