रनिङ शिल्ड उद्घाटन गर्दै राष्ट्रपतिले भने- शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्

नेपालभ्युज

रनिङ शिल्ड उद्घाटन गर्दै राष्ट्रपतिले भने- शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले अतिरिक्त क्रियाकलाप र खेलकुदले शिक्षालाई पूर्ण बनाउने बताएका हुन् ।

शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउँदै उलने कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क मात्रै खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने तर्क गरे ।

‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्’, उनले भने, ‘कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउँछ ।’

राष्ट्रपति पौडेलले खेलकुदले युवालाई शारीरिक रुपमा स्वस्थ र सामाजिक जीवनलाई समृद्ध बनाउने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved