काठमाडौं। यूरोपेली फुटबल क्लब चेल्सीका प्रसिद्ध पूर्व खेलाडी डिडियर ड्रोग्बाले सन् २०२४ नयाँ वर्षको शुभकामना दिँदै नेपालमा फुटबलप्रति मायाको प्रशंसा गरेका छन्।
नेपाल सुपर लिग एनएसएल फुटबलको फाइनल सुरु हुनु अगाडि सार्वजनिक गरिएको ड्रोग्बाको भिडियो सन्देशमा उनले नेपालमा फुटबलप्रतिको मायाबारे अवगत भएको बताएका हुन्।
‘हालसम्म लिग एकदम्मै राम्रो भइरहेको छ। अहिले हामी फाइनलमा पुगिसकेका छौँ। तपाईंहरुसँगै बसेर एनएसएसलको खेल हेर्न नपाएमा पनि खेलहरुबारे अपडेट भईरहेको छु।’,ड्रोग्बाले भने, ‘खेलहरुको साथै नेपालमा फुटबलको उत्साह, समर्थक, र नेपालको फुटबल समुदायबारे म अवगत छु। बेस्ट टिमले जितोस्। तथापि, म सम्पूर्ण टोलीलाई लिएर गाैरवान्वित छु।’
उनले फाउन्डेसन कार्यको लागि सन् २०२४ मा नेपाल आउने योजना भएको बताए। अहिले दोस्रो संस्करणको एनएसएल उपाधिको लागि धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ।
Facebook Comment
Comment