बालकुमारी घटना : नियन्त्रणमा लिएका केही विद्यार्थीमाथि मुद्दा चलाउने तयारी

नेपालभ्युज

बालकुमारी घटना : नियन्त्रणमा लिएका केही विद्यार्थीमाथि मुद्दा चलाउने तयारी
शुक्रबार बालकुमारीमा भएको आन्दोलनमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै प्रहरी

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर बालकुमारीमा भएको प्रदर्शनबाट पक्राउ परेकाहरूमध्ये केहीलाई मुद्दा चलाउने तयारी गरिएको छ । दुई जनाको ज्यान गएको सो प्रदर्शनबाट पक्राउ परेका केहीलाई केहीलाई मुद्दा चलाउने तयारी गरिएको हो ।

प्रहरीले शुक्रबार ७० जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये २७ जना छुट्न बाँकी रहेको प्रहरी नायव महानिरीक्षक तथा प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए । तीमध्ये केहीलाई मुद्दा चलाउने तयारी गरेको उनले बताए ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved