जबरजस्ती करणीको मुद्दामा क्रिकेटर लामिछाने दोषी ठहर

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले क्रिकेटर लामिछानेलाई शुक्रबार  दोषी ठहर गरेको हो ।

नेपालभ्युज

जबरजस्ती करणीको मुद्दामा  क्रिकेटर लामिछाने दोषी ठहर
फाइल फोटो

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले क्रिकेटर लामिछानेलाई शुक्रबार  दोषी ठहर गरेको हो ।

उनको सजाय निर्धारण पछि हुनेछ । उक्त प्रयोजनको लागी पुस २५ गतेका लागि पेशी तोकिएको छ ।

अदालतले किशोरी नाबालिक नरहेको, तर आर्थिक अवस्थाको फाइदा उठाएर जवरजस्ती करणी गरेको ठहर गरेको छ ।

कार्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए ।

तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved