काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढ्दो छ । काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । ५ डिग्री सेल्सियस भन्दा तल झरेको उपत्यकाको तापक्रम पछिल्लो समय उकालो लाग्न थालेको हो ।
काठमाडौंको मौसम समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै पहाडी भेगमा आज आंशिक बदली हुने छ भने बाँकी भेगको मौसम भने समान्यतः सफा रहने महाशाखाले जनाएको छ ।
तराईका केहि क्षेत्रमा आज पनि विहानैदेखि हुस्सु लागेको छ । तराईको हुस्सु विस्तारै हट्दै जाने महाशाखाको भनाई छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा बाक्लो हुस्सु लागेको छ । आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
Facebook Comment
Comment