सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ

नेपालभ्युज

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ

काठमाडौं। सरकारले २०८०/०८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरेको हो ।

बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताइन् ।

२०८०-०८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने भएको हो ।

सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved