प्रधानमन्त्री कप महिला क्रिकेट

सुदूरपश्चिमलाई हराउँदै कोशी प्लेअफमा, रुबिना र काजलको अर्धशतक

नेपालभ्युज

सुदूरपश्चिमलाई हराउँदै कोशी प्लेअफमा, रुबिना र काजलको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ८ विकेटले पराजित गरेको हो। यससँगै कोशी प्लेअफमा पुगेको छ।

११९ रनको लक्ष्य कोशीले १७.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। कोशीका लागि काजल श्रेष्ठ र काजल श्रेष्ठले अर्धशतकीय पारी खेले।

काजल भने ४८ बलमा ८ चौका प्रहार गर्दै ५४ रन बनाइन्। रुबिना ५५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहिन्। सुदूरपश्चिमको जितमा अनु कडायतले २ विकेट लिए।

पहिले ब्याटिङ गरेका सुदूरपश्चिमले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा ११८ रन बनायो। सुदूरपश्चिमका लागि विन्दु रावलले ३३ र सम्झना खड्काले २७ रन बनाइन्। कविता जोशी २६ र रेवती धामी भने २० रनमा अविजित रहे।

कोशीका लागि सबनम राई र अपसरी बेगमले १–१ विकेट लिए।६ खेलबाट १० अंक जोडेको कोशी दोस्रो स्थानमा छ भने ६ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम तेस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved