काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले काठमाण्डौमा आजदेखि ‘रियल स्टेट एक्स्पोको आयोजना गर्दै छ । घरजग्गा व्यवसायीको पहलमा ४ दिनसम्म भृकुटीमण्डपमा एक्स्पो हुन लागेको हो ।
कोरोना महामारीका कारण थलिएको व्यवसायलाई प्रवद्र्धन गर्न भन्दै संघले घरजग्गा मेलाको आयोजना गरिएको जनाएको छ । घरायसी सामाग्रीसहितका स्टल राखिने छन् ।
मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ, पेन्ट्स, गाडी, सजावटका सामान र बीमा, बैंकिङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीले आ–आफ्ना उत्पादन प्रदर्शन गरी यससम्बन्धी परामर्श सेवा समेत अवलोकनकर्ताले प्राप्त गर्ने छन् ।
बैंक र बीमा कम्पनीसहित घर तथा अपार्टमेण्ट, रियल स्टेट तथा इन्जिनियरिङ् सेवासहितका ६० वटा स्टल रहने छ । मेलामा २ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने संघको अनुमान छ ।
इच्छुक सहभागीहरूले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरूको शुभारम्भ गर्न चाहेमा सोको समेत व्यवस्था गरिनेछ ।
Facebook Comment
Comment