पहाडी भेगमा आंशिक बदली , तराईका केही स्थानमा हुस्सु

काठमाडौंको तापक्रम बढ्दै

नेपालभ्युज

पहाडी भेगमा आंशिक बदली , तराईका केही स्थानमा हुस्सु
फाइल तस्वीर ।

काठमाडौं । मुलुकका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भेगमा भने समान्यत मौसम सफा रहने महाशाखाको अनुमान छ ।

आज राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंको तापक्रम पछिल्लो समय उकालो लागेको छ ।

काठमाडौंको न्यूनतम तापक्रम आज ७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved