१७ दशमलव २३ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्बमाथि 

नेपालभ्युज

१७ दशमलव २३ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्बमाथि 

काठमाडौं । बुधबार नेप्सेमा दोहोरो अंकको गिरावट आएर बन्द भएको छ । दुई दिनको सार्वजनिक बिदापछि पनि आज नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको हो ।
आज नेप्से परिसूचक १७ दशमलव २३ अंकले घटेर २०७० दशमलव ८४ विन्दुमा पुगेको छ । बुधबार ३०७ कम्पनीको १ लाख १७ हजार ४ सय ७६ पटकको कारोबारमा १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव २५ अंकले घटेर ३८७ दशमलव ०७ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved