एनएसएल : पहिलो हाफमा ललितपुर अगाडि

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा ललितपुर अगाडि

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटरमा अहिले साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा ललितपुरले २–० गोलअन्तरले अग्रता लिएको हो।

ललितपुरका लागि इमो इजेकेल र पाबा इबुकेबेले गोल गरे। खेलको ३६ औँ मिनेटमा इजिकेले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए। ४४ औँ मिनेटमा इबुकेबेको गोलले ललितपुरको अग्रता दोब्बर भयो।

आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफमा पोखरा थन्डर्ससँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved