काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको बजेटको प्याटर्न नै परिवर्तन गर्ने घोषणा गरेका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेटका लागि फागुनसम्ममा नै योजनाको विवरण माग्ने र नीति तथा कार्यक्रमलाई पनि प्रभावकारी बनाउने दाबी गरेका हुन् ।
सम्बोधनका क्रममा उनले अघिल्लो वर्षको तुलनामा मूल्यवृद्धि दर घटेको बताए । उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्रमा व्यापक सुधार भएको छ । अब रेमिट्यान्ससँगै विदेशमा सिकेको सीपलाई पनि स्वदेशमै प्रयोग गर्ने वातावरण बनाउँदैछौं । पुँजीगत खर्च बढाउने योजनाका साथ लागि परेका छौं ।’
अघिल्लो वर्षको तुलनामा यस वर्ष मात्रै ३१ प्रतिशतभन्दा बढी बिजुली उत्पादन भएको पनि उनले बताए । जलविद्युत्को विकासका लागि चीन र भारतसँग पनि विभिन्न प्रयास भइरहेको उनले जानकारी दिए ।
Facebook Comment
Comment