चार वर्षपछि सौराहमा हात्ती महोत्सव हुँदै

नेपालभ्युज

चार वर्षपछि सौराहमा हात्ती महोत्सव हुँदै

काठमाडौं । पर्यटकीय नगरी चितवनको सौराहामा आजदेखि १७ औँ हात्ती महोत्सव सुरु हुँदैछ । कोरोना महामारी पछि स्थगित भएको हात्ती महोत्सव यसपटक ४ वर्ष पछि हुन लागेको हो ।

क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा हुने महोत्सवको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्ने छन् । पशुअधिकारकर्मीको विरोधका कारण यसपटक हात्तीको खेलहरु भने समावेश नगरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता हुने आयोजक क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । हात्तीको वनभोजमा ४० वटा हात्तीलाई सहभागी गराइने छ ।

कार्यक्रममा हात्तीसँग सम्बन्धित जानकारी, डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार हुने थपलियाले बताए । आजदेखि सुरु हुने हात्ती महोत्सव पुस १४ गतेसम्म चल्ने छ ।

कोभिडको महामारीपछि चितवनमा पर्यटकको आवागमन बढ्न थालेपछि महोत्सव गर्न लागिएको आयोजकको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved