रोजगारीका लागि संस्थागतरुपमै युरोपका देश पठाउने नेपाल सरकारको तयारी

नेपालभ्युज

रोजगारीका लागि संस्थागतरुपमै युरोपका देश पठाउने नेपाल सरकारको तयारी

काठमाडौं । सरकारले पछिल्लो समय युरोपियन मुलुकसँग श्रम सम्झौता गर्ने क्रमलाई तिब्रत दिएको छ । हालै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको नेपालले थप ६ वटा युरोपियन देशसँग सम्झौता गर्न लागेको हो ।

यही वर्ष भित्रमा सम्झौता गर्ने गरी काम भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए । पछिल्लो समय नेपालीको आकर्षण युरोपतिर देखिन थाले पछि सरकार वैधानिक बाटो तर्फ अग्रसर भएको हो ।

ती देशसँग श्रम सम्झौता नहुँदा नेपालीले व्यक्तिगत श्रम स्वीकृति लिएर महँगो शुल्क तिर्न बाध्य थिए । श्रम सम्झौतापछि ती देशमा संस्थागत रूपमा श्रमिक पठाउने बाटो खुल्ला हुने छ । यो वर्ष भित्रै सरकारले पोर्चुगल, पोल्यान्ड, युक्रेन, माल्टा र टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो ।

त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारी सम्बन्धित देशलाई पठाइ सकिएको छ । ती देशबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रक्रिया अघि बढ्ने मन्त्रालयको भनाई छ ।

कतार, युएई, कोरिया, बहराइन, जोर्डन, इजरायल, मलेसियालगायतका १२ देशसँग नेपालले यसअघि नै श्रम सम्झौता गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved