बालुवाटारमा तीन दलको बैठक, टीआरसी विधेयकबारे छलफल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन प्रमुख तीन दलको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।

नेपालभ्युज

बालुवाटारमा तीन दलको बैठक, टीआरसी विधेयकबारे छलफल

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन प्रमुख तीन दलको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी, कांग्रेस र एमालेका नेताहरू सहभागी छन् ।

सोमबार तीन ठूला दलका शीर्ष नेताबीच यसैबारे छलफल भएको थियो । यसअघि आइतबार पनि प्रधानमन्त्रीले देउवा र ओलीलाई बालुवाटारमा बोलाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा छलफल गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved