जाडो बढेपछि एक महिना बिदा

नेपालभ्युज

जाडो बढेपछि एक महिना बिदा

सुर्खेत । मुगु जिल्लाको मुगूम कार्मारोङ गाउँपालिकाले जाडो बढेका कारणले एक महिना बिदा दिने निर्णय गरेको छ । जाडो बढेपछि काम गर्नै गाह्रो भएको जनाउँदै गाउँपालिकाले एक महिना बिदा दिने निर्णय गरेको हो ।

सरकारी कार्यालय र विद्यालय एक महिना बन्द गने, चिसोले कर्मचारीलाई काम गर्न, शिक्षकलाई विद्यालयमा पढाउन र विद्यार्थी पनि विद्यालय गएर पढ्न गाह्रो भएपछि बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

‘माघ १५ गतेसम्म बिदा दिने निर्णय भएको छ ।’ उनले भने,‘जाडोमा पढाउँदा विद्यार्थी बिरामी हुने भएकोले एक महिनाको लागि विद्यालयको पठनपाठन बन्द गरिएको छ ।’

पालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेपछि कार्यरत कर्मचारी र शिक्षक आफ्नो घर तर्फ लागेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved