काठमाडौं । माध्यमिक तहका लागि ठूलो संख्यामा शिक्षकको माग गरिएको छ । शिक्षक सेवा आयोगले आज सूचना प्रकाशित गर्दै माध्यमिक तहका शिक्षकको माग गरेको हो । शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आज कार्यालय समय खुलेसँगै माग संख्या र कुन प्रदेशमा कति माग भएको हो यकिन गर्न आग्रह गरेका छन् । रेग्मीले ४ सय भन्दा धेरै माध्यमिक शिक्षकको माग गरिएको बताए ।
नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयका लागि शिक्षक माग गरिएको छ । आवदेन दिनका लागि सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिनाको तालिम लिएको हुनुपर्ने उल्लेख छ । तर अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानमा आवेदन दिनेले भने तालिम नलिए पनि फाराम भर्न सक्ने छन् ।

Facebook Comment
Comment