लुम्बिनीमा मन्त्री नियुक्त भएका राणा र केसीको शपथ आज

नेपालभ्युज

लुम्बिनीमा मन्त्री नियुक्त भएका राणा र केसीको शपथ आज

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्रिपरिषद् विस्तार गरेपछि आज शपथ छ ।

मुख्यमन्त्री चौधरीले कांग्रेसबाट प्युठानका सांसद सरोज थापा (रोज राणा) र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेका अनुसार उनीहरूको शपथ आज छ ।

केसीलाई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय र राणालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राणा र केसीलाई आज बिहान शपथग्रहण गराइने कार्यक्रम तय भएको पाण्डेले बताए ।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएर शनिबार गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved