मकवानपुरमा हात्तीको बिगबिगी, एक महिला गम्भिर घाइते

नेपालभ्युज

मकवानपुरमा हात्तीको बिगबिगी, एक महिला गम्भिर घाइते
फाइल तस्वीर

काठमाडौं । हात्तीले आक्रमण गर्दा मकवानपुरको मनहरीमा एक महिला गम्भिर घाइते भएकी छन् । निकुञ्जबाट गाउ छिरेको हात्तीको आक्रमणमा परी ५१ वर्षीया कान्छीमाया तामाङ घाइते भएको प्रहरीले जनाएको छ । तामाङको ढाडमा गम्भीर चोट लागेको छ ।

बेहोश अवस्थामा उनलाई राति नै उद्धार उपचारका लागि भरतपुर लगिएको छ ।

सेना, सशस्त्र प्रहरी, प्रहरी र निकुञ्जका कर्मचारीहरुले हात्तीलाई निकुञ्ज क्षेत्रतर्फ खेदाएका छन् । पछिल्लो एक सातामा निकुञ्जबाट निस्किएका हात्तीले सर्वसाधारणलाई दुख दिन थालेका छन् । सो क्रममा हात्तीले ३ वटा घरसमेत भत्काइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved