यस्तो छ आजको मौसम

नेपालभ्युज

यस्तो छ आजको मौसम

काठमाडौं । काठमाडौँ उपत्यकासहित मुलुकभरको तापक्रम ओरोलो लाग्ने क्रममा छ । काठमाडौंसहित मुलुभर जाडो बढ्दै गएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडीभेगमा भने हल्का हिमपात हुने छ ।

तराईका केहि भागमा आज पनि विहानैदेखि हुस्सु लागेको छ । तराईमा लागेको हुस्सु दिउँसोपख खुल्दै जाने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved