मौसम : आज हिमपात तथा वर्षा नहुने तर जाडो भने बढ्दै

नेपालभ्युज

मौसम : आज हिमपात तथा वर्षा नहुने तर जाडो भने बढ्दै

काठमाडौं । मुलुका अधिकांश भागमा आज पनि आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भागको मौसम भने सामान्यतया सफा रहने छ । महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सुझाव दिएको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ । काठमाडौंको विहानको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved