काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले ‘क्रिश्चियन नमान्ने संविधानविरोधी हुन् र देशद्रोही करार गरेर झ्यालखानामा हाल्ने’ चेतावनी दिएसँगै काठमाडौंका केही निजी स्कुलले विद्यार्थीलाई ‘परी’ वा ‘सान्टा क्लाउज’को पोसाकमा आउन उर्दी जारी गरेका छन् ।
मन्त्रीको तहबाट आएको धम्की सामान्य होइन भन्दै आलोचना भइरहँदा केही बोर्डिङ स्कुलले पनि बालबालिकालाई क्रिश्चियन धर्मको प्रचारमा दुरुपयोग गराउन लागेका हुन् ।
‘सान्टा क्लाउज’ क्रिसमसमा लगाइने रातो स्वेटर र सेतो धर्सा भएको टोपीसहितको पोसाक हो ।
बोर्डिङ स्कुलले विद्यालयमा क्रिसमस मनाउन विद्यार्थीसँग पैसा समेत मागेका छन् । अभिभावकलाई पठाइएको सूचनामा क्रिसमस शुल्क र पोसाक अनिवार्य भनिएको छ।
यो सूचना पठाउनेमा तीनकुनेस्थित ट्रिटन इन्टरनेशनल स्कुल पनि हो । उसले सबै कक्षका सबै विद्यार्थीसँग क्रिसमस फी माग्दै क्रिमसम पोसाक लगाउन आग्रह गरेको छ ।
यस्तो सूचना केही निजी स्कुलले पठाएका छन् । स्कुलबाट सूचना पाएपछि अभिभावक भन्छन्, ‘‘यो बालबालिको कलिलो मस्तिष्कमा जबरजस्ती क्रिश्चियन धर्म लाद्ने प्रयास हो । यो गर्नु आवश्यक थिएन । यो खेदजनक छ ।’’
तीनकुनेस्थित ट्रिटन इन्टरनेशनल स्कुलले विद्यार्थीलाई पठाएको सूचना
Facebook Comment
Comment