शेयर बजारमा भारी गिरावट, कारोबार रकम भने उच्च

नेपालभ्युज

शेयर बजारमा भारी गिरावट, कारोबार रकम भने उच्च

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा भारी गिरावट आएको छ । आज ३२ दशमलव ७७ अंकले घटेर नेप्से परिसूचक २१०९ दशमलव १० विन्दुमा पुगेको छ ।

बिहीबार ३०४ कम्पनीको १ लाख ११ हजार ९ सय ८० पटकको कारोबारमा १७ करोड १७ लाख २ हजार १ सय ४९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ६ अर्ब २७ करोड ४३ लाख रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ अंकले घटेर ३९६ दशमलव ६२ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved