आजको मौसम यस्तो छ

नेपालभ्युज

आजको मौसम यस्तो छ

काठमाडौं । मुलुकका केही स्थानमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने छ । तराईका केही स्थानमा आज पनि विहानैदेखि हुस्सु लागेको छ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण पनि मुलुकभरको मौसम समान्यतः सफा नरहेको विभागको भनाई छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

जुम्लामा सबै भन्दा कम माइनस ४ दशमलव ७ डिग्री पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved