मिर्गौला रोगबाट पीडित पूर्वमन्त्री न्यौपानेको निधन

नेपालभ्युज

मिर्गौला रोगबाट पीडित पूर्वमन्त्री न्यौपानेको निधन

सुर्खेत । पूर्व सूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । न्यौपानेको उपचारकै क्रममा बुधबार बिहान भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।

मिर्गौला रोग लागेका पूर्व मन्त्री न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो ।

नेकपा एमालेका नेता न्यौपाने वि.सं.२०५१ सालमा कालीकोटबाट प्रतिनिधिसभामा निर्वाचित भएर सुचना तथा सञ्चार सहायक राज्यमन्त्री भएका थिए ।

कालीकोटको रास्कोट नगरपालिका–८ को फुकोट गाउँमा जन्मिएका न्यौपाने साविकको फुकोट गाउँ विकास समितिको अध्यक्ष समेत भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved