दालचिनी र यसको पातको चिया पिउनुका फाइदा

नेपालभ्युज

दालचिनी र यसको पातको चिया पिउनुका फाइदा

एजेन्सी । हाम्रो समाजमा आम रुपमा दिनको वा बिहानीको शुरुआत एक कप चियासँग गरिन्छ । दुध राखेर बनाएर चियापत्तीको चिया स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । खालीपेट त्यस्तो चियाका झनै धेरै बेफाइदा छन् ।

त्यसैले तपाईं स्वस्थ मुटु तथा शरीर पाउनका लागि दालचिनीको चिया पिउन सक्नुहुन्छ । तपाईं दालचिनीको पात र डाँठ दुवै राखेर चिया बनाउन सक्नुहुन्छ ।

दालचिनीमा एन्टीब्याक्टेरियल, एन्टीफंगल तथा एन्टीअक्सीडेन्ट गुण हुन्छन् जसले विरामीहरुसँग लड्ने क्षमता बढाउँछ । साथमा बिहान दालचिनी र त्यसको पातबाट बनेको चिया पिउँदा तपाईंको सम्पूर्ण पाचन प्रणालीमा पनि सुधार आउँछ ।

यसलाई पिउँदा शरीरमा यसले राम्रा ब्याक्टेरिया बढाउने काम गर्छ । दैनिक दालचिनी र तेजपातको चिया पिउँदा सुगर पनि नियन्त्रित रहन्छ । यस्तोमा मधुमेहका बिरामीका लागि पनि यो चिया एकदमै उत्तम उपाय हो ।

जाडोमा रुघाखोकी जस्ता रोगबाट बच्न पनि यसको चिया एकदमै उपयोगी हुन्छ । यदि तपाईंलाई खोकी लागिरहेको छ भने यसमा मह मिसाएर पनि पिउन सक्नुहुन्छ । वा स्वादको लागि गुँड मिसाएर पनि पिउन सकिन्छ ।

यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । शरीरबाट फोहोर निकाल्नका लागि पनि दालचिनी र यसको पातबाट बनेको चियाको सेवन गर्न सकिन्छ । दालचिनीमा हुने गुणले शरीरलाई डिटक्सीफाइंग गर्ने काम गर्छ ।

त्यस्तै मुटुको स्वास्थ्यका लागि पनि यो चिया एकदमै राम्रो हुन्छ । दैनिक बिहान एक दालचिनीको चिया पिउँदा रक्तचाप सामान्य हुन्छ जसले गर्दा मुटुरोग तथा हृदय घात जस्ता समस्या न्यून हुँदै जान्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved