काठमाडौं । एउटै व्यक्तिलाई पटक–पटक समावेशीताको आरक्षणमा अवसर दिन नहुनेमा जोड दिइएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिद्वारा मंगलबार आयोजित अन्तक्र्रियाका वक्ताहरूले आरक्षणमा अवसर दिनुपर्ने बताएका हुन् ।
राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले धेरै पटक समावेशीताको प्रयोग गर्दा अवसर पाउनुपर्ने व्यक्ति वञ्चित हुनुपरेको बताए । उनले लोकसेवा आयोगका विज्ञापन, शिक्षक सेवा आयोग, निर्वाचनमा समानुपातिक प्रतिनिधित्वजस्ता क्षेत्रमा एउटै व्यक्तिले समावेशीताको अवसरको दुरुपयोग गरेको बताए।
राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जाअरशद बेगले मुस्लिम महिलालाई आयोगको सदस्यमा नियुक्ति गर्नुपर्ने बताए । दलित आयोगका सदस्य मेहेल पार्कीले आरक्षण हटाउनु भनेको पिछडिएका वर्गलाई झन् पछिपर्ने खेल भइरहेको बताए ।
टिप्पणीकर्ता सालिक सुवेदीले समावेशीतामा खस आर्यले आरक्षणको दुरुपयोग गरेको बताए । प्रतिनिधिसभामा खस आर्य समुदायले आरक्षणको दुरुपयोग गरेको बताए । अर्का टिप्पणीकर्ता जेबी विश्वकर्माले समावेशी आयोगमा तरमारा मध्यम वर्गले अरक्षण लिएर निम्न वर्गको स्थान ओगटेको आरोप लगाए ।
कैलाश राईले कार्यपत्र प्रस्तुत गर्दै अब आउने निर्वाचनमा समतामूलक सामाजिक न्यायको प्रत्याभूतिको यात्रामा एक साझा र आधारभूत राजनीतिक औजाररुपमा बहस हुन जरुरी रहेको बताए ।
Facebook Comment
Comment