अभिषेक बच्चन र ऐश्वर्याको डिभोर्स हुन लागेको चर्चा

अभिषेकको हातको औँलामा विवाहको औँठी नभएपछि उनीहरूको डिभोर्स हुन लागेको चर्चा चलेको हो ।

नेपालभ्युज

अभिषेक बच्चन र ऐश्वर्याको डिभोर्स हुन लागेको चर्चा
भारतीय अभिनेत्री ऐश्वर्या बच्चन र पति अभिषेक बच्चन, जुन १६, २०१० मा लन्डनमा (रावण)को विश्व प्रिमियरमा उपस्थित थिए । फोटो - एएफपी

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चनको सम्बन्ध विच्छेद हुन लागेको चर्चाले बलिउड तातेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नो विवाह भएको घरको विषयमा विवाद भएको थियो ।

अमिताभ बच्चनले छोरी श्वेतालाई मुम्बईमा रहेको ‘प्रतीक्षा’ बङ्गला उपहार दिएका थिए ।

आफ्नो विवाह भएको घरमा श्वेता बसेको ऐश्वर्यालाई मन परेको थिएन । यसै विषयमा बच्चन परिवारसँग उनको मनमुटाब सुरु भयो ।

ऐश्वर्या र अमिताभ बच्चनले इन्स्टाग्राममा एक–अर्कालाई अनफलो गरेका छन् ।

यसले उनीहरूको सम्बन्धमा चिसोपन आएको अनुमान गरिएको छ ।

ऐश्वर्याले घर छाडेर आमासँग बस्न थालेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । केही दिनअघि ऐश्वर्या र अभिषेक छोरी आराध्यको स्कुल कार्यक्रममा पुगेका थिए । जहाँ उनीहरू छुट्टाछुट्टै गाडीबाट उत्रिन्छन् ।

अभिषेकको हातको औँलामा विवाहको औँठी नभएपछि उनीहरूको डिभोर्स हुन लागेको चर्चा चलेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved