मुलुकभर जाडो बढ्दै, सतर्कता अपनाउन आग्रह

जुम्लामा माइनस ६ डिग्री सेल्सियस

नेपालभ्युज

मुलुकभर जाडो बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जाडो बढेसँगै देशभरको तापक्रम ओरालो लाग्दै गएको छ । तापक्रम झर्ने क्रम जारी रहेकाले थप जाडो बढ्ने मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मुलुकका अन्य भेगमा पनि तापक्रम घट्दै गइरहेको छ ।

काठमाडौंको तापक्रम आज विहान आज ५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंको अधिकतम तापक्रम १७ डिग्रीको आसपासमा रहने विभागको अनुमान छ । जुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।

जुम्लामा आज माइनस ६ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । आगामी दिनमा न्यूनतम तापक्रम अझै घट्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved