जसपासम्बद्ध समाजवादी किसान महासंघको राष्ट्रिय भेला हुँदै

नेपालभ्युज

जसपासम्बद्ध समाजवादी किसान महासंघको राष्ट्रिय भेला हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी किसान महासंघ केन्द्रीय समितिको राष्ट्रिय भेला हुने भएको छ ।  चितवनको सौराहामा पुस २ गतेदेखि सुरु हुने राष्ट्रिय भेलाको उद्घाटन संघीय सरकारका वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले गर्ने बताइएको छ ।

भेलामा महासंघको प्रत्येक प्रदेश समितिबाट अध्यक्ष सचिव र एक महिलासहित तीन जना, राष्ट्रिय समितिको अध्यक्ष गठन भएका प्रत्येक जिल्ला समितिबाट अध्यक्ष सचिव र एक महिला गरी ३ जना प्रतिनिधि आउने गरी व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ ।

त्यस्तै सल्लाहकार समितिका पाँच र भूमि आयोगका ३३ जना प्रतिनिधिसहित राष्ट्रिय भेलामा १५२ जना प्रतिनिधि सहभागी रहने बताइएको छ ।

उद्घाटन  सत्रको दिन सांगठनिक कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत हुने र दोस्रो दिन संगठनको विधानमा आवश्यक छलफल र संशोधन हुने बताइएको छ । राष्ट्रिय भेलाले समाजवादी किसान महासंघको केन्द्रीय समिति पुनर्गठन गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved