पहिचानका लागि देशभरका थारू एक हुनुपर्छ : सांसद चौधरी

नेपालभ्युज

पहिचानका लागि देशभरका थारू एक हुनुपर्छ : सांसद चौधरी

सुनसरी। नेकपा (एमाले) की नेतृ तथा सांसद भगवती चौधरीले थारू समुदायकाे बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू एकजुट हुनुपर्ने बताएकी छन् ।

थारु कल्याणकारी सभाले समस्त थारू समुदायको वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नुपर्ने बताउँदै चाैधरीले पुरानो संस्था भएपनि कमजोर रहेकोमा चिन्ता व्यक्त गरिन् ।

सुनसरीको गढी गाउँपालिकामा थारू कल्याणकारिणी संस्था सुनसरीको ९ औं जिल्ला अधिवेशनमा बाेल्दै सांसद चाैधरीले राजनीतिमा पनि थारूहरूकाे उपस्थिति बढाउँदै लैजानुपर्ने बताइन ।

उनले संविधानमा थारूहरूको छुट्टै अधिकार सुनिश्चित गरेपनि सहभागिता र उपस्थिति कमजोर रहेको बताइन ।

चाैधरीले मेचीदेखि महाकाली सम्मका थारू एकजुट हुनुपर्ने बताइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved