मौसम : तराईमा हुस्सु, उच्च भेगमा हिमपात

काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस

नेपालभ्युज

मौसम : तराईमा हुस्सु, उच्च भेगमा हिमपात

काठमाडौं पश्चिमी वायुको प्रभावका कारण मुलुक भरको मौसम पछिल्लो समय चिसो हुदै गएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागमा आंशिक बदली रहने छ । तराईका केहि स्थानमा विहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहनेछ । गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

तराईमा लागेको हुस्सु र कुहिरो मध्यान्हपछि भने क्रमिक रूपमा खुल्दै जानेछ । जसको प्रभावले तराईको जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकाको विहान ६ बजेको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकाको अधिकतम तापक्रम १८ डिग्रीसम्म पुग्ने अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved