सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउन आवश्यक छः राष्ट्रपति

नेपालभ्युज

सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउन आवश्यक छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति नियम बनाउनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हस्तकला क्षेत्र नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएको बताए । उनले हस्तकला क्षेत्रको सरकारबाट नै प्रमुख प्रवर्द्धन गर्नुपर्ने बताए ।

सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सिर्जना गर्न गर्न र उत्पादित वस्तुहरुको देशभित्र बजार विस्तार गर्न आवश्यक रहेको उनले भनाइ राखे । राष्ट्रपति पौडेलले नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक रहेको बताए ।

राष्ट्रपति पौडेलले हस्तकला व्यवसाय कृषिपछि देशमा बिस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र भएको बताए । उनले युवा पुस्तामा हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरण हुन नसकेको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved