काठमाडौंमा चुरोटमा प्रतिबन्ध, महानगर भन्छ- यसरी चैं बेच्नुहोस्

नेपालभ्युज

काठमाडौंमा चुरोटमा प्रतिबन्ध, महानगर भन्छ- यसरी चैं बेच्नुहोस्

काठमाडौं । काठमाडौं महानगरभित्र अब सुर्तिजन्य पदार्थ बेचबिखन तथा सेवन गरेमा पसल नै बन्दसमेत हुने भएको छ ।

महानगरपालिकाले मंसिर २७ गतेबाट सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गरे बमोजिम नयाँ नियम लागू भएको हो ।

कुनै पनि स्थानमा सुर्तिजन्य पदार्थ बेचबिखन गरेको पाइएमा महानगरले पहिलो र दोस्रोचोटी पसल सिल गर्ने र तेस्रोपटक पनि बिक्री गरेको पाइएमा सधैँका लागि पसल बन्द गर्ने जनाएको छ ।

महानगरले आज पत्रकार सम्मेलन गर्दै अटेर गर्नेलाई ऐनअनुसार दण्ड तथा जरिवानासमेत गर्ने चेतावनी दिएको हो ।

‘भोलिदेखि पूर्ण रुपमा कार्यान्वयनमा जानेछौं, काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘यसलाई नगर प्रहरीले व्यवस्थापन गर्नेछ । र, हामी कर्मचारी पनि बिना बर्दीमा प्रहरीझैं बनेर बजार अनुगमन गरिरहेका हुनेछौं ।’ नगरका प्रहरी कर्मचारीकै अगाडि बेचबिखन गरिरहेको पाए प्रहरीलाई समेत कडा कारबाही हुने उनले बताए ।

नियमअनुसार सटरका पसल तथा, नाङ्लोमा राखेकाहरुलाई बिक्रिमा पूरै प्रतिबन्ध भने लगाइएको छैन । ‘बेचबिखनका लागि लाइसेन्स दिएका छौं । ऐनमा लेखे अनुसार कार्यान्वयन गरे केही हुँदैन,’ उनले भने, ‘खुल्ला बेच्न पाइएन, सिंगो बट्टा बेच्न भने पाइन्छ ।’ तर, सार्वजनिक स्थानमा सेवन भने कतै पनि गर्न पाइँदैन । उनले होटलहरुमा खाजा खाने बेलामा पनि सूर्तिजन्य पदार्थ सेवन गर्न नपाइने बताए ।

‘शारिरक रुपमा फाइदा गर्दैन, हामीले यसलाई अवसरका रुपमा लिन पर्छ ।’ उनले भने । १०० मिटरको दुरीमा मठ मन्दिर छन् भने सेवन र बिक्रीमा रोक लगाइएको उनी बताउँछन् ।

विगतमा पनि नगरपालिकाले गरेका यस्तो लोकप्रिय निर्णयको कार्यान्वयन नभएकाले पछिल्लो निर्णय पनि कार्यान्वयन हुनेमा धेरैले शंका गरेका छन् ।

महानगरपालिले यसअघि असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न प्रतिबन्ध लगाएपनि कार्यान्वयन गर्न भने सकेको छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved