काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा वर्षा हुने छ हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । पश्चिम र मध्य तराईमा लागेको हुस्सु र कुहिरो मध्यान्नसम्म क्रमिक रुपमा सुधार हुँदै जानेछ । पूर्वी तराईमा भने अपराह्नसम्ममा क्रमिक रुपमा हुस्सु हट्दै जाने छ ।
हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।
आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ ।
Facebook Comment
Comment