ललितपुरमा ईःले फुटपाथ व्यापार निषेधको विरोध गर्दै १०८ घण्टा प्रदर्शन गर्ने

नेपालभ्युज

ललितपुरमा ईःले फुटपाथ व्यापार निषेधको विरोध गर्दै १०८ घण्टा प्रदर्शन गर्ने

काठमाडौं । अभियन्ता ईःले ललितपुरमा पनि १०८ घण्टा उभिएर विरोध प्रदर्शन गर्ने भएको छ । ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेपछि ईःले त्यसको विरोध गर्न लागेको हो ।

ईःले बुधबार दिउँसो ३ बजेबाट विरोध गर्ने जनाएको छ । सामाजिक सञ्जालबाट विरोध गर्ने जानकारी गराउँदै ईःले पुल्चोकस्थित महानगरको कार्यालय अगाडि उभिएर विरोध गर्ने भएको हो ।

साँझ–बिहान फुटपाथ निषेध गर्ने निर्णयबारे पुनर्विचार गर्नसमेत महानगरलाई आग्रह गरेका छन्।

‘सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ,’ सामाजिक सञ्जालमा लेखिएको छ, ‘सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved