एनएसएल : चितवनमाथि ललितपुरको जित

नेपालभ्युज

एनएसएल : चितवनमाथि ललितपुरको जित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीले एफसी चितवनलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतबार भएको रोमाञ्चक खेलमा ललितपुरले चितवनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। यससँगै ललितपुर शीर्ष स्थानमा उक्लिएको छ।

ललितपुरका लागि पापा इबुकेबे र विवेक पौडेललले गोल गरे। चितवनका लागि भने रफिक अमिनुले गोल फर्काए।

खेलको १९ औँ मिनेटमा इबुकेबेले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए। ५७ औँ मिनेटमा इबुकेबेले गोल गर्दै ललितपुरको अग्रता दोब्बर बनाए।

खेलको ८९ औँ मिनेटमा पेनाल्टीमा रफिकले चितवनका लागि गोल फर्काए। इन्ज्यूरी समयमा इबुकेबेले पेनाल्टीमा ललितपुरको लागि तेस्रो गोल गरे। यो उनको व्यक्तिगत दोस्रो गोल थियो।

सोमबार पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved