तराईमा हुस्सु र कुहिरो जारी, उच्चभेगमा हल्का हिमपात

नेपालभ्युज

तराईमा हुस्सु र कुहिरो जारी, उच्चभेगमा हल्का हिमपात

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज पनि पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हुस्स र कुहिरो लागेको छ ।

विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved