एजेन्सी । स्ट्रबेरी स्वास्थ्यसँगै छालाका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसलाई खाने मौसम पनि सुरु भइसकेको छ । स्ट्रबेरी खाँदा सुख्खा छाला तथा डन्डीफोर आउने समस्या पनि कम हुन्छ । आउनुहोस् जानौं स्ट्रबेरीले छालामा गर्ने फाइदाका बारेमा–
- स्ट्रबेरीमा भिटामिन सी, एन्टीअक्सीडेन्ट, एन्टीइन्फ्लामेटरी तथा पोटाशियम जस्ता पोषक तत्वहरु पाइन्छन् ।
- स्ट्रबेरीमा हुने एन्टीअक्सीडेन्ट्स तथा अन्य पोषक तत्वले छाला बुढो हुँदै जाँदा आउने समस्यालाई कम गर्न सहयोग गर्छ । यसलाई खाँदा चाउरीपना तथा दागहरु आउने समस्या कम हुन्छ ।
- स्ट्रबेरीले छालामा भएका मृत कोषिकाहरुलाई बाहिर निकाल्छ । जसले गर्दा छालामा प्राकृतिक रुपमा चमक आउँछ ।
- स्ट्रबेरीमा एन्टीब्याक्टेरियल गुण हुन्छन्, जसले दागधब्बा निकाल्ने ब्याक्टेरियालाई मारेर दागको समस्या कम गर्न सहयोगी हुन्छ ।
- स्ट्रबेरीमा भिटामिन सी र एन्टीअक्सीडेन्ट्स जस्ता पोषक तत्वहरु हुन्छन् जसले छालालाई स्वस्थ राखेर प्राकृतिक रुपमा चमक ल्याउँछ ।
- डन्डीफोर तथा यसबाट बनेका दागहरुलाई कम गर्न पनि स्ट्रबेरीको सेवन फाइदाजनक हुन्छ ।
- स्ट्रबेरी खाँदा शरीर हाइड्रेट भइराख्ने भएकाले छालामा हुने विभिन्न समस्यासँगै शारिरीक स्वास्थ्यका लागि यो झनै फाइदाजनक छ ।
Facebook Comment
Comment