गठबन्धनबाट नबाहिरिए कांग्रेस सकिन्छ : शेखर

नेपालभ्युज

गठबन्धनबाट नबाहिरिए कांग्रेस सकिन्छ : शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको गठबन्धनबाट नबाहिरिए कांग्रेस सकिने बताएका छन् ।

कम्युनिस्ट पार्टीसँगको गठबन्धन कांग्रेसका लागि लाभदायक नहुने पुष्टि भएको भन्दै उनले गठबन्धनबाट बाहिरिनुपर्ने बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले लोकतान्त्रिक पार्टीसँग गठबन्धन गर्नुमात्रै स्वभाविक हुने बताए ।

उनले अहिलेको अवस्थामा देश परिवर्तन गर्ने हो भने कांग्रेसलाई परिवर्तन गर्नुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved