एनसेल प्रकरण छानबिन समिति संयोजक शर्मा भन्छन्- निष्पक्ष छानबिन गर्छु

पछिल्लो एनसेल प्रकरणबारे छानबिन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको छ । सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

नेपालभ्युज

एनसेल प्रकरण छानबिन समिति संयोजक शर्मा भन्छन्- निष्पक्ष छानबिन गर्छु

काठमाडौं । पछिल्लो एनसेल प्रकरणबारे छानबिन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको छ । सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

गठित समितिमा प्रधानमन्त्री कार्यालयका कानून हेर्ने सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन् ।

समितिले प्रकरणबारे छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ ।

आफ्नो नेतृत्वमा समिति गठन भएको जानकारी शर्माले औपचारिकरूपमै पाइसकेका छन् । “मैले जानकारी पाएँ । अब काम सुरू गर्छु,” शर्माले नेपालभ्यूजसँग भने ।

अब छानबिन कसरी अगाडि बढ्छ ? यसबारे हामीले शर्मासँग संक्षिप्त कुराकानी गरेका छौं ।

पछिल्लो एनसेल प्रकरणबारे छानबिन गर्नका लागि तपाईंको संयोजकत्वमा सरकारले समिति गठन गरेको छ, अब कसरी अगाडि बढ्नुहुन्छ ?

आज भर्खर गठन भएको छ समिति । अब सदस्य साथीहरू र सरकारसँग निरन्तर सहकार्य गरेर अगाडि बढ्छु ।

यसमा तपाईंको  भूमिका कस्तो रहन्छ ?

मेरो प्रयास निष्पक्षरूपमा छानबिन गर्ने रहनेछ । मैले सम्बन्धित निकाय तथा व्यक्तिहरूसँग समन्वय गरेर अगाडि बढ्नेछु । मेरो प्रयास निष्पक्ष छानबिनका लागि हुनेछ ।

कहिलेसम्म सकिएला छानबिन ?

छानबिन थालेपछि थाहा हुन्छ । अहिले काम नै सुरू गरेका छैनौँ । थालेपछि थप कुरा गर्छु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved