काठमाण्डौ । आलु र प्याजमा लगाएको मूल्य अभिवृद्धि कर भ्याटको विरोध गर्दै व्यवसायीले आपूर्ति र कारोबार बन्द गरेका छन् । भ्याट फिर्ता लिनुपर्ने माग गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार बन्द गर्नु परेको जनाएका छन् ।
किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको भन्दै काठमाण्डौ उपत्यकासहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार केही दिनअघिदेखि नै
आलु र प्याजको कारोबार कम हुँदै गएको थियो । हिजोदेखि भने ठप्प भएको हो ।
व्यापारीले आलु र प्याजको कारोबार ठप्प पारेपछि किसान र उपभोक्ता मर्कामा परेका छन् ।
बजारमा आलु र प्याजको भाउ बढ्दो छ । तर, किसानले उचित मूल्य पाउन सकेका छैनन ।
Facebook Comment
Comment