मौसम अपडेट : धुम्मिएको काठमाडौंमा दिउँसो घाम लाग्ला ?

नेपालभ्युज

मौसम अपडेट : धुम्मिएको काठमाडौंमा दिउँसो घाम लाग्ला ?

काठमाडौं । काठमाडौं उपत्यकाको मौसम बिहानैदेखि धुम्मिएको छ । बादल लागेकाले घाम लागेको छैन ।

बादल लागे पनि काठमाडौमा वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिनभरी नै काठमाडौंको आकाशलाई बादलले ढाक्ने देखिएको छ ।

महाशाखाका अनुसार केहिबेर घाम देखिएपनि दिनभर काठमाडौं धुम्म हुने छ ।

काठमाडौं उपत्यकासँगै कोसी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भेगसम्मै आज बादल लागेको छ । भोलिबाट भने मौसममा सुधार हुने महाशाखाको अनुमान छ ।

मुलुकभरको तापक्रम घट्दो क्रममा , तराईमा हुस्सु र उच्चभेगमा हिमपातसँगै वर्षा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved