काठमाडौं । देशभरको तापक्रममा आज गिरावट आएको छ । अधिकांस क्षेत्रमा आज मौसम धुम्मिएको छ । तराईमा बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण यातायात सेवा प्रभावित भएको छ । काठमाडौं । उच्च हिमाली भेगमा आज पनि हिमपात र वर्षाको सम्भावना छ ।
पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु लाग्ने भएकाले मुलुकभर चिसो महसुस हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढ्दै गएकाले जाडोबाट जोगिन आवश्यक सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।
आज बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागले राती कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको हो ।
Facebook Comment
Comment