अर्थमन्त्री भन्छन्- एनसेलको शेयर बिक्रीबारे सरकारलाई जानकारी छैन

नेपालभ्युज

अर्थमन्त्री भन्छन्- एनसेलको शेयर बिक्रीबारे सरकारलाई जानकारी छैन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलको शेयर बिक्रीबारे सरकारलाई जानकारी नभएको बताएका छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले शेयर बिक्रीबारे कुनै पनि निकायले आधिरिक जानकारी नदिएको भन्दै यसबारे बुझ्ने काम भइरहेको बताएका छन् ।

‘यस विषयमा हामी अझै सूचना लिइरहेका छौं । समग्रमा के स्थिति छ सबै बुझिसकेपछि मात्रै यसबारेमा अथेन्टिक रुपमा भन्न सकिन्छ’, उनले भने ।

उनले अर्को प्रसङ्गमा मुलुकको अर्थतन्त्र सुधारको दिशामा अघि बढिरहेको पनि बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved