एनएसएलमा आज ललितपुर र वीरगञ्ज आमनेसामने हुँदै

नेपालभ्युज

एनएसएलमा आज ललितपुर र वीरगञ्ज आमनेसामने हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आज ललितपुर सिटी र वीरगंज युनाईटेड भिड्ने छन् । अपराजित ललितपुर सिटीलाई पुछारमा रहेको वीरगन्ज युनाइटेडले चुनौती दिने प्रयास गर्ने छ ।

लिगमा हालसम्म वीरगन्ज जितविहीन छ । वीरगन्जले यसअघि दुई खेल खेले पनि दुवैमा हार बेहोरेको थियो । यता, अपराजित ललितपुर भने तीन खेलबाट पाँच अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

ललितपुरले यसअघि एक खेलमा जित निकाल्दा दुई खेलमा बराबरीको नतिजा आत्मसात् गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुई टिमबीचको खेल साँझ ५ बजे हुनेछ ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved