मुगु । नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको ‘ट्वीनअटर’ विमान यहाँको विमानस्थलमा ग्राउन्डेड भएको छ ।
यात्रु र चालक दलसहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल एयरलाइन्सको नाइनएन एबीयू कलसाइन रारा विमानस्थल पुगेको थियो ।
उक्त विमान नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड भएको हो ।
जहाजमा समस्या आएपछि तत्कालै नेपालगञ्जबाट इन्जिनियर झिकाई चेक गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएकाले थियो ।
नेपालगञ्जबाट ब्याट्री झिकाएपछि मात्र यात्रुसहित जहाज सोमबार नेपालगञ्जका लागि उड्ने नेपाल एअरलाइन्स रारा स्टेसन इञ्चार्ज नेत्र भामले जानकारी दिए ।
नेपालगञ्जका लागि नेपाल एअरलायन्सको टिकट लिएका यात्रुहरू ताल्चाका होटेलहरूमा आज बास बसेका छन् । रासस
Facebook Comment
Comment