भरतपुरमा बोराभित्र भेटिएका शवकाे पहिचान अझै भएन, प्रहरीले गर्याे स्केच सार्वजनिक

नेपालभ्युज

भरतपुरमा बोराभित्र भेटिएका शवकाे पहिचान अझै भएन, प्रहरीले गर्याे स्केच सार्वजनिक

चितवन। साता दिन नाघिसक्दा पनि चितवनको भरतपुरस्थित एक खोलाको कल्भर्टमा बोराभित्र फेला परेको शवको अझै पहिचान हुन सकेको छैन । शवको सनाखत हुन नसकेपछि चितवन प्रहरीले दुई मृतकको स्केच सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१२ मिलन चोकमा बोराभित्र मृत अवस्थामा फेला परेका महिला र पुरूषको स्केच तस्बिर सार्वजनिक गरेको हो ।

गएको मंसिर ६ गतेभरतपुर महानगरपालिका वडा– १२ मिलनचोक स्थित पूर्व पश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल बसपार्क सडक खण्डको केरुङगा घोल खोलाको कल्भर्ट मुनी जुटको बोराभित्र शंकास्पद रुपमा बोरामा दुई शव फेला पारेको परेको थियो।

छुट्टाछुट्टै बाेराभित्र राखिएको अवस्थामा फेला परेको शवको हुलिया तथा लगाइएका कपडाहरु सार्वजनिक गरिँदासमेत पहिचान हुन नसकेको हाे । हात खुट्टा बाँधिएको तथा मुखमा टेप लगाइएको अवस्थामा शव फेला परेको थियो ।

अन्दाजी २४–२५ वर्ष उमेर देखिने ५ फिट ७ ईन्च उचाई भएको पुरुष र सोही स्थानमा ३०/३१ वर्षकी ५ फिट ३ ईन्च उचाई भएकी महिलाको शव सडेगलेको अवस्थामा फेला परेको थियो ।

सो शव फेला पारे पछि ७७ वटै जिल्ला प्रहरी कार्यालयलगायत सीमावर्ती भारतिय इलाकाहरुमा समेत हुलिया परिपत्र गर्दा हालसम्म मृतकहरुको सनाखत तथा पहिचान हुन नसके पछि प्रहरीले स्केच सार्वजनिक गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved